टाइगर कप: गण्डकीको विजयी सुरुवात

पाेखरा | माघ ८, २०७९

टाइगर कप: गण्डकीको विजयी सुरुवात

पोखराः   पोखरामा आजदेखि सुरु भएको तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । 


पोखरा रंगशालामा आज (आइतबार) भएको खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । गण्डकीले पुलिसलाई २५-२३, २५-२० र २५-१६ ले पराजित गरेको हो । 


यस्तै आज नै भएको पुरुषतर्फको पहिलो खेलामा विभागिय क्लब नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ । 


पहिलो सेट गुमाएर पनि एपिएफले उत्कृष्ट पूनरागमनका गर्दै एपिएफले २०-२५,२५-२२,२६-२४,२५-१९ ले विजयी भएको थियो ।  त्रिभुवन आर्मी क्लब गत वर्षको साविक विजेता टोली समेत हो । 


महिलातर्फको पहिलो खेलमा भने त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।  न्यू डायमण्ड स्पोर्टस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै आर्मीले विजयी सुरुवाता गरेको हो ।  आर्मीले २७-२५, २५-१७ र २५-२३ को सेटमा विजयी भएको थियो । 


टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन । त्यसको ठाँउमा गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्दैछ । महिलातर्फ अर्को टोली एपिएफ रहेको छ ।


राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेश, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र  होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ । 


यस्तै पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ । 


तेस्रो संस्करणमा पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेका हो ।  गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र  पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधी जितेका थियो । 


आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिलारपुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५÷५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए । 


त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट  एक/एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।


 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्